images

नेपाल प्रहरीका १३ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको बुधबार बसेको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

गृह मन्त्रालयले समितिको सिफारिसअनुसार बढुवा सिफारिस सूची प्रकाशित गरेको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार मन्त्रालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले जानकारी दिए ।

मन्त्रालयको सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने व्यवस्था छ ।