images

अब मासिक रुपमै फिल्मको कमाइ सार्वजनिक हुने

काठमाडौं । चलचित्र विकास बोर्डले अब मासिक रुपमै फिल्मको कमाइ सार्वजनिक गर्ने भएको छ ।

चलचित्र विकास बोर्डले नयाँ वर्षदेखि मासिक रुपमा बक्स अफिस विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।

चलचित्र कलाकार संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोर्ड अध्यक्ष भुवन केसीले यो जानकारी दिएका हुन्।

हालैमात्र बोर्डले २०७९ सालमा प्रदर्शन भएका स्वदेशी र विदेशी गरी १३२ वटा फिल्मको आम्दानी विवरण सार्वजनिक गरेको थियो।

झण्डै ६ दशक लामो नेपाली फिल्मको इतिहासमा बोर्डले पहिलोपटक यस्तो काम गरेको हो।