images

‘ए’ डिभिजन लिग : आज आठौं चरणका अन्तिम दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।

लिगको आठौं चरण अन्तर्गत बिहीबार अन्तिम दुई खेल हुनेछ । जसमा एक खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक खेल हुनेछ ।

एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

पुलिस आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पुलिस ४ अंक जोडेर १३ औं स्थानमा छ।

थ्री स्टार चौंथो जितको योजनामा छ । थ्री स्टार ११ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र फ्रेन्ड्सबीचको खेल साँझ ५४५ बजे सुरु हुनेछ ।

चर्च ब्वाइज आज चौंथो जितको योजनामा हुनेछ । चर्च ब्वाइज ७ खेलमा १३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

फ्रेन्ड्स दोस्रो जितको खोजीमा हुनेछ । फ्रेन्ड्स ४ अंक जोडेर पुछारमा रहेको छ ।