images

‘ए’ डिभिजन लिग : थ्री स्टारको चौंथो जित, पुलिसको छैटौं हार

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले चौंथो जित निकालेको छ ।

एन्फा कम्प्लेक्समा बिहीबार नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराउँदै थ्री स्टारले चौंथो जित निकालेको हो ।

थ्री स्टारको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे । मार्टिन्सले ६५ औं मिनेटमा अशोक खवासको पासमा गोल गरे । जितसँगै थ्री स्टारले ८ खेलमा १४ अंक जोडेको छ ।

पुलिसको यो छैटौं हार हो । पुलिस ४ अंक जोडेर १३ औं स्थानमा छ।