images

नयाँ वर्षमा पशुपतिमा दर्शनार्थीको भीड, मन्दिरका ४ वटै ढोका खुला

काठमाडौं । पशुपतिनाथको मन्दिरमा नयाँ वर्ष २०८० को अवसरमा शुक्रबार बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ ।

नयाँ वर्षको अवसरमा पशुपतिनाथको मन्दिरमा पूजा आजा गर्न बिहान ४ बजेदेखि नै दर्शनार्थीको भीड लागेको हो ।

पशुपतिनाथको दर्शनका लागि शुक्रबार दर्शनार्थीका लागि विशेष पूजाको व्यवस्था गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले नयाँ वर्षमा दर्शन गर्ने भक्तजनको सहभागिता बढ्ने भएकाले विशेष व्यवस्था गरिएको जनाएको छ ।

पशुपतिनाथ मन्दिरका ४ वटै ढोका खुला गरी दर्शनको व्यवस्था मिलाइएको छ । दर्शनार्थीलाई उत्तर, पश्चिम र दक्षिण मूलढोकाबाट दर्शन गर्न मिल्ने गरी व्यवस्था मिलाएको कोषले जनाएको छ ।