
एजेन्सी । भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
बस शिंग्रोबा मन्दिर पछाडी एक खोचमा खसेको हो बीबीसीले जनाएको छ । उद्धार दलका एक कर्मचारीलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार उक्त घटनामा परि कम्तिमा १३ जनाको मृत्यु भएको आशंका गरिएको छ ।
बसमा ४० देखि ४५ जना यात्रु सवार रहेका थिए । उद्धार दलका अनुसार बसमा फसेका यात्रुहरूलाई निकाल्ने क्रम जारी रहेको छ ।
घाइते यात्रुलाई खोपोली नगर अस्पतालमा उपचार भइरहेको छ ।