images

भारतको महाराष्ट्रमा पहिरोमा पुरिएर २२ को मृत्यु, १ सय १५ जना बेपत्ता

काठमाडौं । भारतीय राज्य महाराष्ट्रमा गएको पहिरोको कारणले २२ जनाको ज्यान गएको । पहिरोमा दर्जनौँ पुरिएका छन् ।

राइगढ जिल्लाको इरसालवाडी गाउँमा बुधवार राति साढे १० बजे गएको पहिरोले यस्तो क्षति गरेको हो । पहिरोले गाउँका ५० मध्ये १७ घर बगाएको बीबीसीमा उल्लेख गरिएको छ ।

भारी वर्षाको कारणले पहिरो जाँदा अहिले पनि ११५ जना हराइरहेका महाराष्ट्र प्रदेश सरकारको तथ्यांक छ ।

यस्तै बिच महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देले पहिरोमा पुरिएर ज्यान गएकाको परिवारलाई जनही पाँच लाख भारु दिने बताएका छन् ।