images

धनुषाको सीमामा एक महिलाको गोली हानी हत्या

काठमाडौं । धनुषाको सीमावर्ती गाउँपालिका मुखियापट्टि मुसहरनिया वडा नम्बर २ स्थित दशगजा क्षेत्रमा गोली हानी एक महिलाको हत्या गरिएको छ ।

शनिबार राति करिब साढे ८ बजे अज्ञात समूहले महिलामाथि दुई राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार महिलाको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गोली प्रहार गरी भारततर्फ नै भागेको प्रहरीले जनाएको छ ।

ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि बारे हालसम्म पहिचान खुलेको छैन ।