images

जुम्लामा १७ सय क्विन्टल नुन मौज्दात छ : साल्ट ट्रेडिङ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जुम्ला सदरमुकामस्थित खलंगा बजारमा रहेको डिपोमा पर्याप्त नुन मौज्दात रहेको जनाएको छ।

डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालयले जनाएको छ ।

सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५० क्विन्टल र गुरुचौर डिपोमा तीन सय ५० क्विन्टल रहेको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले जिल्लामा नुनको अभाव नहुने पनि दावी गरेको छ । वडाको मागबमोजिम नुन वितरण गर्न कार्यालय लागिपरेको र अबको केही सातापछि आठवटै स्थानीय तहका वडाबाटै नुन वितरण गरिने कार्यालयले जनाएको छ ।

गत असार ३१ गते कार्यालयको मुख्य डिपोबाट उपभोक्तालाई नुन वितरण भइरहेको समयमा भाडँभैलो मच्चिएको थियो।

गत आवकै नुन समयमै वडामा ढुवानी नहुँदा सदरमुकाम डिपोमा नागरिकको भीड लाग्ने गरेको कार्यालयले जनाएको छ। गत आव २०७९ /०८० मा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार दुई सय क्विन्टल कोटा रहेकामा सबै ढुवानी भइसकेको छ।

यही साउन ३ गते प्रदेश कार्यालय नेपालगन्जबाट तीन सय २० क्विन्टल नुन आएको कार्यालयले जनाएको छ । 

तिला गाउँपालिका नौवटै वडामा नुन ल्याउनका लागि कार्यापालिकामा छलफल गरेर सम्बन्धित वडाध्यक्षको नेतृत्वबाट वडावाटै नुन वितरण गरिने तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताए।