images

सेयर बजारमा मौद्रिक नीतिको प्रभाव , नेप्से छ महिनायताकै उच्च विन्दुमा

काठमाडौं । मौद्रिक नीतिको प्रभाव आइतबारको सेयर बजारमा परेको छ ।

आज सेयर बजार परिसूचक नेप्से ६३.२४ अंकले बढ्दै २२ सय २७.१६ अंकको विन्दुमा उक्लिएको छ । यस्तै कारोबार समेत बढेर आज एकैदिन ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर किनबेच भएको छ । आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ ।

सबैभन्दा बढी बैंकिङ समूहको उपसूचक ४.९८ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंकिङ समूह ४.७८ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको उपसूचक ४.१० प्रतिशतले बढेको छ । अन्य उपसूचकहरु १ प्रतिशतदेखि ३ प्रतिशतसम्मले बढेका छन् ।

आज किसान लघुवित्त वित्तीय संस्था र चन्द्रागिरि हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य दर्जन बढी कम्पनीको सेयर मूल्य ७ प्रतिशत माथिले बढेका छन् ।