images

कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि बस्दैछ ।

साउन २ गतेबाट सुरु भएको बैठक बुधबार मात्रै सकिने छ । दिउँसो ३ बजेदेखि सुरू हुने बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापतिहरु धनराज गुरुङ, पूर्णबहादुर खड्का महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले बोल्ने कार्यसूची रहेको छ ।

आज बोल्ने क्रम सकेर भोलि एकदिन निर्णय लेखनको समय प्रदान गरिने र बुधबार केन्द्रीय समितिको निर्णय सुनाएपछि बैठक सकिने कांग्रेस प्रचारविभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

असार २ गतेदेखि जारी बैठकमा महामन्त्रीले १० एजेन्डा प्रस्तुत गरेका थिए । आइतबारसम्म १ सय ४० केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए । यस्तै ८ सहमहामन्त्रीले आइतबार नै बोलिसकेका छन् ।

बैठक एजेन्डा केन्द्रित भन्दा गुटगत आरोप प्रत्यारोपको थलो बनेको छ । पदाधिकारी र सरकारका मन्त्रीहरु नै नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाणको बचाउमा लागेका थिए ।

कांग्रेस केन्द्रीय समिति बैठकमा पहिलो दिन नै नीति अधिवेशन, विभाग गठन, संसद र सरकारमा पार्टीको भूमिका तथा समय तालिकासहितको वार्षिक कार्ययोजना लगायत १० एजेन्डा पेस भएका थिए ।