images

एन्फाको कार्यसमिति बैठक साउन १९ गतेलाई आह्वान

काठमाडौं । अखिल नेपाल फुटबल संघले केन्द्रिय कार्यसमितिको बैठक आह्वान गरेको छ । महासचिव किरण राईले ११ वटा एजेण्डा प्रस्तुत गर्दै कार्यसमितिको बैठक आह्वान गरेका हुन् ।

बैठक श्रावण १९ गते शुक्रबार एन्फा कम्प्लेक्समा बिहान ११ बजे बस्नेछ । साफ यू–१९ च्याम्पियनसिपको आयोजनादेखि जिल्ला लिग, बी र सी डिभिजन लिग, महिला लिग लगायतका एजेण्डामा बैठकमा छलफल गर्ने एजेण्डा तय गरिएको छ । एन्फा कर्मचारीको सेवा सुविधा वृद्धि गर्ने एजेण्डा समेत बैठकमा राखिएको छ ।

कार्यसमिति बैठकले महिला फ्रेन्चाईज लिग सञ्चालनको अधिकार, फुटसल लिगको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल राइटसको स्वीकृती लगायतको निर्णय गर्ने कार्यसुचि रहेको छ ।