images

सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ५ सय कायम, अझै बढ्न सक्ने अनुमान

काठमाडौं । सुनको भाउ आज पनि बढेको छ ।

बुधबार तोलामा पाँच सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको ४ गते सुनको भाउ अहिलेसम्मकै उच्च भएको थियो । त्यतिबेला तोलामा सुन १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको थियो । आजको भाउ यो भन्दा मात्र एक सय रुपैयाँले कम हो । सुनको भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी एक हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।