images

सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ ।

आज राष्ट्रियसभा बैठकमा बोल्दै एमाले सदस्य देवेन्द्र दाहालले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका हुन् ।

गृहमन्त्रीको संलग्नताबिना सुन विमानस्थलबाट नबाहिरिने भएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठ नैतिकताका आधारमा पनि पदमा बस्न नमिल्ने दाहालको जिकिर थियो ।

उनले संसदीय उच्चस्तरीय छानबिन समिति गठन भएमा राष्ट्रिय सभालाई पनि सहभागी गराउनुपर्ने माग गरे ।