![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/07/rastriya-sabha1690436453.jpg?fit=1340%2C692)
काठमाडौं । राष्ट्रियसभाको बैठक ३१ मिनेटका लागि स्थगित गरिएको छ ।
मिटरब्याजसम्बन्धी विधेयक टेबुल भएपछि बैठक स्थगित गरिएको हो ।
आजै विधेयक पास गर्ने तयारी रहेकाले ३१ मिनेटका लागि बैठक स्थगित गरिएको हो । अहिले कार्यव्यवस्थाको बैठक बसिरहेको छ । प्रमुख प्रतिपक्षी एमालेले मिटरब्याजसम्बन्धी विधेयक पारित गर्न मात्र सदन चलाउन दिएको हो । योबाहेक अरु कार्यसूचीमा एमालेले प्रवेश गर्न दिएको छैन ।
एमालेले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएको छ । यसअघि हिजो एमालेले प्रतिनिधिसभामा पनि अवरोध गरेको थियो ।