images

नेपालमा वार्षिक १० देखि १२ लाख मेट्रिक टन धान अपुग

काठमाडौं । नेपालमा वार्षिक १० देखि १२ लाख मेट्रिक टन धान अपुग हुने गरेको तथ्याङ्कले देखाएको छ ।

नेपालमा वार्षिक ६५ लाख मेट्रिक टन धान आवश्यक रहेकोमा उत्पादन भने वार्षिक ५५् ५६ लाख मेट्रिक टनको हाराहारी रहेको कृषि मन्त्रालयको तथ्याङ्क छ । गएको आर्थिक वर्षमा नेपालले ३७ अर्ब रुपैयाँको धान, चामल र कनिका आयात गरेको छ ।

गएको बिहीवारदेखि भारतले बासमतीबाहेकका चामल निकासीमा रोक लगाएपछि यसको असर नेपालमा पनि पर्ने सम्भावना छ । कृषिविज्ञ हरिकृष्ण उप्रेतीले तत्काल सरकारले कुटनीतिक तहमा छलफल गरी भारतसँग आग्रह गरेर सहजीकरण गर्नुपर्ने बताए ।

नेपालले धानसँगै गहुँ, मकै, कोदो, फापर र अन्य नगदेबाली उत्पादनलाई जोड दिएर आयातको निर्भरतालाई घटाउँदै लैजानुपर्नेमा उनको जोड छ ।

सरकारले मल–बिउलाई सहज बनाउने, बाँझो जग्गालाई उपयोग गर्ने र सिँचाइको क्षेत्र बढाउने हो भने धान उत्पादन बढाउन सकिने कृषिविज्ञले बताएका छन् ।