images

संयुक्त राष्ट्रसंघले भन्यो – ‘नाइजरका राष्ट्रपति बाजुमलाई तत्काल रिहा गर्नु’

एजेन्सी । नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल रिहा गरी संवैधानिक व्यवस्था पुनःस्थापित गर्न संयुक्त राष्ट्र सङ्घले आग्रह गरेको छ ।

सैन्य कब्जाबाट आफूहरू स्तब्ध बनेको संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले विनासर्त राष्ट्रपति बाजुमलाई रिहा गरिनुपर्ने, सुरक्षा सुनिश्चित हुनुपर्ने तथा संवैधानिक व्यवस्था र विधिको शासन बहालीका लागि सबै प्रयास गरिनुपर्ने बताएका छन् ।

बाजुमलाई सैन्य गार्ड सदस्यले अस्ति बुधवारदेखि नियामीमा बन्दी बनाएका छन् । लगत्तै उनीहरूले संविधान र सबै संस्थाहरू निलम्बन गर्ने, सीमाहरू बन्द गर्ने र रातको समयमा कर्फ्यु लगाउने घोषणा गरेका थिए । तर बन्दी बनेका राष्ट्रपति बाजुमले लोकतन्त्र जोगाउने प्रतिबद्धता जनाएका छन् ।  सामाजिक सञ्जालमार्फत उनले लोकतन्त्रका लागि लड्ने दृढता व्यक्त गरेका हुन् । 

अफ्रिकी र अन्तर्राष्ट्रिय सङ्गठनले नाइजरमा भएको सैन्य विद्रोहको निन्दा गरेका छन् ।