images
images

नारा राम्रो भएर मात्रै हुँदैन पारा राम्रो हुनुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पारे । रास्वपा साधारण समयमा बनेको पार्टी नभएको भन्दै रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको जिकिर गरे ।

उनले मिसन २०८४ मा सही नेतृत्व छान्न सकेको खण्डमा मात्रै सफल हुने बताए । लामिछानेले देशमा राम्रा नारा सबैले लगाउने भन्दै नारा राम्रो भएर मात्रै नहुने र पारा राम्रो हुनुपर्ने बताए ।

सभापति लामिछानेले नराम्रो काम गर्ने पार्टीका नेताहरुलाई तत्काल कारबाही गर्ने स्पष्ट पारे ।