images

वर्तमान सरकार भ्रष्ट्राचार लुकाउन लागि परेको छ : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्ट्राचार लुकाउने कोसिस गरेको बताएका छन् ।

नेपालगञ्जमा लुम्बिनी प्रदेशका सबै तहका पार्टी जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले भ्रष्टाचार लुकाउने काम गरेको दाबी गरे ।

अध्यक्ष ओलीले अहिलेको सरकार सुशासनको पक्षमा नरहेकाले जनतामा नैराश्यता छाएको बताए । अन्तर्राष्ट्रिय विमानस्थल हँुदै सय किलो सुन बिना सुइको छिर्नु चानचुने कुरा नभएको भन्दै सरकारले तस्करको संरक्षण गरेको आरोप लगाए ।

पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले संस्थाको हितमा बेरूजु नलाग्ने गरि काम गर्न निर्देशन दिएका छन् । उनले मिसन ८४ लाई लक्षित गरि आगामी आम निर्वाचनमा पार्टीलाई बहुमत आउने गरी काममा खट्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।