![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/07/rice-cop-field-green-paddy-dhan-seed-plantation-chawalfield-agriculture-landscape-image-stock-photo-263603804.webp?fit=800%2C861)
एजेन्सी । रुसले धान निर्यात गर्न प्रतिबन्ध गरेको छ । देशमै खपत गर्न भन्दै रुसले निर्यात बन्द गरेको हो ।
रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार सन २०२३ को डिसेम्बर सम्मलाई निर्यात रोकिएको हो । रुसले बुधवार यस्तो सूचना जारी गरेको हो । यद्यपि प्रतिबन्ध रुसले बनाएको युरासियन इकोनोमिक जोनमा रहेका अर्मेनिया, काजकिस्तान, किर्गिस्तान र बेलारुसमा भने लागु नहुने बताइएको छ ।
रुस युक्रेन युद्ध भएसँगै रुसमाथि प्रतिबन्ध लाउने पश्चिमा देशको प्रतिकार गरेर रुसले अन्न निर्यात रोकेको चर्चा थालिएको छ । भारत ले पनि यस अगाडि सेतो बासमती बाहेकको धान निर्यातमा रोक लाएको थियो ।