images

समाजवादी मोर्चाले विद्यार्थीको मोर्चा गठन गर्दै

काठमाडौं । समाजवादी मोर्चा सम्बद्ध विद्यार्थी संगठनको समाजवादी मोर्चा गठन तथा घोषणा हुँदैछ ।

च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनीयरिङमा आइतबार दिउँसो १२ बजे मोर्चाको घोषणा हुन लागेको हो ।

घोषणा कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव, नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।

असार ४ मा माओवादी, एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा सम्मेलित समाजवादी मोर्चा बनेको थियो ।

समाजवादी मोर्चाले सांगठनिक संरचनाको पनि अभ्यास थालेको छ । केन्द्र, प्रदेश र जिल्लामा मोर्चाको कमिटी गठन भइरहेको छ । सोही क्रममा विद्यार्थी संगठनहरुबीच मोर्चा घोषणा हुन लागेको नेताहरुले बताएका छन् ।