images

एक क्विन्टल सुन प्रकरणमा भियना होटलका सञ्चालक दावा छिरिङ पक्राउ

काठमाडौं । १ क्विन्टल सुन तस्करी प्रक्ररणमा राजस्व अनुसन्धान विभागले ठमेलको होटल भियनाका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको छ ।

हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि विभागले होटल भियनामा छापा मारेको थियो ।
सुन तस्करी प्रक्ररणमा गिरोहसँग जोडिएको पाइएपछि होटल सञ्चालक छिरिङलाई आइतबार बिहान विभागले पक्राउ गरेको हो ।

विभागले सो होटलबाट सिसिटिभी फुटेज र कम्प्युटर पनि जफत गरेर अनुसन्धान सुरु गरेको हो ।

हालसम्म यो प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ परेका छन् ।