images

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच संसदको जारी अवरोध हटाउनेबारे कुराकानी भएको बताइएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक सय किलो सुन तस्करी प्रकरणबारे सरकारले जवाफ माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

एमालेले सोमबार बस्ने बैठकपनि अवरुद्ध गर्ने तयारी गरेपछि प्रधानमन्त्री दाहालले अध्यक्ष ओलीसँग छलफल गरेका हुन् ।