कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो ‘लेट मि रेष्ट इन पिस’ लेखेको सुसाइड नोट

काठमाडौं । गत असार २१ गते रातोपुलस्थित घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ ।

ताम्रकारको मोवाइलमा भेटिएको झण्डै एक पाना लामो नोटमा उनले आफूलाई विवादमा नपार्न भनेका छन् । साथै उनले साथीहरु र परिवारलाई सम्झिँदै सबै गल्ती आफ्नै भएको उल्लेख गरेका छन् । ‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु’, ‘यो सबै यँही इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, धन्यवाद ।’ लेखिएको नोट प्रहरीले मोबाइलमा फेला पारेको हो ।

प्रहरीका अनुसार, उनले आमा र बुबालाई सम्बोधन गर्दै फेरि यही परिवारमा जन्मिन पाउँ समेत भनेका छन् । ‘उहाँले लेखेको विवरणमा कसैलाई आक्षेप लगाइएको छैन, बुबाआमादेखि साथी सर्कलहरुलाई सम्झिइएको छ’।

प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो ।