images

 महिला विश्वकप  : समूह बी र सीबाट नकआउट चरणमा पुग्ने टोलीको टुंगो लाग्ने

काठमाडौं । आज समूह बी र सीबाट नकआउट चरणमा पुग्ने टोलीको टुंगो लाग्ने छ। समुह सी का जापान र स्पेन तथा कोस्टारिका र जम्बिायाले नेपाली समय अनुसार दिउँसो पौन १ बजे प्रतिस्पर्धा गर्दैछन्।

जापान र स्पेन न्यूजिल्याण्डको विंलिङटनमा भिड्दा कोस्टारिका र जाम्बियाले न्यूजिल्याण्डै हल्मिन्टनमा प्रतिस्पर्धा गर्दैछन्। यो समूहबाट जापान र स्पेन एक खेल अगावै नकआउट चरणमा प्रवेश गरिसकेका छन्। दुवै टोलीको आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्ने छ।

कोस्टारिका र जाम्बिया भने समूह चरणबाटै बाहिरि सकेका छन्। आज यी दुई बीचको खेल प्रतिष्ठाको लडाईं मात्र हुनेछ।

यस्तै आजै समुह बी का आयरल्यड र नाइजेरियाले दिउँसो पौने ४ बजे अस्ट्रेलियाको मिल्टनमा खेल्दैछन्। समुह बी कै क्यानाडा र अस्ट्रेलियाले दिउँसो पौने ४ बजे नै मेलवर्नमा प्रतिस्पर्धा हुनेछ। समूह बीबाट पनि नकआउट चरणमा पुग्ने टोलीको आज टुंगो लाग्नेछ।

यो समूहमा नाइजेरिया २ खेलबाट चार अंकका साथ शीर्ष स्थानमा छ भने क्यानडा समान चार अंकसहित दोस्रो स्थानमा छ। सह आयोजक अष्ट्रेलियाको दुई खेलमा ३ अंक छ। आजको खेलले नकआउट चरणको टुंगो लाग्ने छ।