images

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध तेस्रो पटक थप ४ वटा अभियोग

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० को निर्वाचन परिणाम उल्ट्याउन प्रयास गरेको आरोपमा विभिन्न ४ वटा अभियोग लगाईएको छ । 

४५ पृष्ठको अभियोगमा ट्रम्पविरुद्ध अमेरिकालाई धोका दिने षड्यन्त्र गरेको, आधिकारिक काम कारबाहीमा बाधा पु‍¥याएको, चुनावी परिणाम अनुमोदन गर्ने प्रक्रियामा अवरोधको प्रयास गरेको र जनताको अधिकारविरुद्धको षड्यन्त्र गरेको अभियोगपत्र दायर गरिएको हो ।

यी अभियोग सुनाउन वासिङ्टन डिसी अदालले ट्रम्पलाई बिहीबार अदालतमा हाजिर हुन भनेको छ । ट्रम्प जिल्ला न्यायाधीश तान्या चुटकन समक्ष हाजिर हुनु पर्नेछ ।

ट्रम्पमाथि आपराधिक अभियोग लगाईएको यो तेस्रो पटक हो । यसअघि ट्रम्पविरुद्ध गोप्य कागजातहरुको दुरुपयोग एवं व्यापार गठीको आरोपमा मुद्द चलिरहेको छ । आफ्नो बढ्दो कानूनी समस्याहरूको बावजुद राष्ट्रपति निर्वाचनको उम्मेदवारी दौडमा भने ट्रम्प अरुभन्दा अगाडि छन् ।

न्यूयोर्क टाइम्स र सिएनएन सर्वेक्षणले ट्रम्पलाई ५४ प्रतिशत समर्थनका साथ रिपब्लिकन उम्मेदवारीको दौडमा सबैभन्दा अगाडि देखाएको छ । अमेरिकी कानूनले अपराधको आरोप लागेका व्यक्तिहरूलाई राष्ट्रपतिको उम्मेदवार हुन रोक्दैन ।