images

भारतद्वारा वेस्ट इन्डिज दुई सय रनले पराजित, भोलिदेखि ५ वटा टी-२० शुरु

काठमाडौं । एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतले वेस्ट इन्डिजलाई दुई सय रनले पराजित गरेको छ । यो सँगै भारतले एकदिवसीय सिरिज २–१ ले जितेको छ ।

भारतले वेस्ट इन्डिजसँग लगातार १४ औँ शृङ्खला जितेको छ । पोर्ट अफ स्पेनमा टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५१ रन बनाएको थियो ।

भारतलाई विशाल स्कोरमा पुर्याउनका लागि शुभमन गिलले ८५ रनको योगदान गरे । त्यस्तै ईशान किसनले ७७ रन बनाए । उनीहरुले एक सय ४३ रनको साझेदारी गरेका थिए । यस्तै सन्जु साम्सनले ५१ रन बनाए भने हार्दिका पाण्ड्याले नटआउट ७० रन बनाए ।

वेस्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा मुकेश कुमारले सात ओभरमा ३० रन दिएर तीन विकेट लिए । त्यस्तै शार्दुल ठाकुरले चार विकेट, कुलदीप यादवले दुई र जयदेव उनादकटले एक विकेट लिए ।

तीन सय ५२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५ ओभर तीन बलमा एक सय ५१ रन बनाएर अलआउट भयो ।

वेस्ट इन्डिजविरुद्ध भारतको यो सबैभन्दा ठूलो जित हो । यसअघि सन् २०२२ मा भारतले वेस्ट इन्डिजलाई एक सय १९ रनले पराजित गरेको थियो ।

अब भोलिदेखि ५ वटा टी २० खेल शुरु हुने छ ।