images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बुधबार दिउँसो बैठक सुरु भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो ।

माओवादीको केन्द्रीय समिति बैठक आगामी साउन २१ गतेसम्म चल्नेछ । बैठकमा संगठनात्मक र राजनीतिक प्रतिवेदनमाथि छलफल र बहस हुनेछ ।

बैठकमा प्रस्तुत हुने राजनीतिक र सांगठनिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री ‘प्रचण्ड’ले तयार पारेका छन् ।