images

बाइडेन प्रशासनले नैतिक धरातल गुमाइसक्यो : ट्रम्प

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्ध लगाइएका मुद्दा र आरोपप्रति आक्रोश व्यक्त गरेका छन् ।

वासिङ्टन डीसी अदालतमा सुनुवाइका लागि हाजिर हुने क्रममा उनले आफूविरुद्धका आरोपहरू आगामी वर्ष हुने चुनाव लक्षित रहेको बताए । उनले जो बाइडेन प्रशासनले नैतिक धरातल समेत गुमाइसकेको टिप्पणी गरे ।

न्युजर्सी गल्फ क्लवमा समर्थकहरूबीच बोल्दै ट्रम्ले आफूप्रतिको बढ्दो विश्वासबाट विपक्षीहरू अहिल्यै अत्तालिएको जिकिर समेत गरेका छन् ।

आफूले न्युजर्सीमा अभूतपूर्व समर्थन पाएको भन्दै उनले आफ्ना विरोधीहरूलाई यसैगरी जवाफ दिँदै जाने बताए ।

पूर्वराष्ट्रपति ट्रम्प विरुद्ध सन् २०२० को चुनावी परिणाम उल्ट्याउने कोसिस गरेकोलगायत थप चार वटा मुद्दा लगाइएको छ ।