![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/08/importedImage381104_header.jpg?fit=400%2C225)
एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको पत्नी सोफीसँग सम्बन्ध विच्छेद भएको छ ।
१८ वर्षको वैवाहिक जीवन अन्त्य गर्दै ट्रुडो दम्पति अलग अलग भएका हुन् । प्रधानमन्त्री ट्रुडोले इन्स्टाग्राममा आफ्नी श्रीमतीसँग छुट्टिएको पुष्टि गरेका हुन् ।
सन् २००५ मा विवाह गरेका ट्रुडो दम्पतिका ९ वर्षदेखि १५ वर्ष उमेरका ३ सन्तान रहेका छन् । ट्रुडोले आफूहरु र आफ्ना सन्तानहरुको भविष्यका लागि निजी विषयहरुको सम्मान हुने विश्वास पनि व्यक्त गरेका छन् ।
क्यानडामा वहालवाला प्रधानमन्त्रीको सम्बन्ध विच्छेद भएको यो दोस्रो घटना हो । ट्रुडोका पिता पियरे ट्रुडो पनि सन् १९७९ मा पदमै रहेको बेला पत्नी मार्गरेटसँग छुट्टिएका थिए ।