images

वेस्ट इन्डिजसँग भारत ४ रनले पराजित

काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत ४ रनले पराजित भएको छ ।

वेस्ट इन्डिजले दिएको १ सय ५० रनको मध्यम लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रनमात्र बनाउन सक्यो ।

भारतलाई अन्तिम ओभरमा १० रन चाहिएकोमा ५ रनमात्र बनाउन सक्यो । भारतका लागि तिलक वर्माले सर्वाधिक ३९ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका रोमारियो शेफर्ड, जेसन होल्डर र ओबेद म्याककोयले २र२ विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनायो । वेस्ट इन्डिजका रोभमन पावलले ४८ र निकोलस पुरनले ४१ रन बनाए । बलिङतर्फ भारतका अर्शदीप सिंह र युजवेन्द्र चाहलले २ /२ विकेट लिए ।

यो जितसँगै पाँच खेलको टी–२० शृङ्खलामा वेस्ट इन्डिजले १–० को अग्रता लिएको छ । यसअघि भएको ३ खेलको एकदिवसीय शृङ्खला भारतले २–१ ले जितेको थियो ।