images

साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउ स्थिर

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ।

आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार पनि छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा नै कारोबार भएको थियो। हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो।

शुक्रबार चाँदी तोलाको १ हजार ४२५ रुपैयाँ कायम भएको छ। बिहीबार पनि चाँदी १ हजार ४२५ रुपैयाँमै कारोबार भएको थियो । हिजो चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको थियो।