images

दुई दिन डीसी ओप्रशिक्षण शुरु

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको आयोजना तथा कोरिययन एन्टी डोपिङ एजेन्सीको संयोजकत्वमा शनिवारदेखि दुई दिने ‘डोपिङ कन्ट्रोल अफिसर्स’ (डीसीओ) को प्रशिक्षक प्रशिक्षण शुरु भएको छ ।

प्रशिक्षण कमिटीको मुख्यालय सातदोबाटोमा सञ्चालन झएको हो । प्रशिक्षण कार्यक्रम (आज र भोलि गरी) दुई दिनसम्म सञ्चालन हुनेछ ।

यो कार्यत्रमपछि अब नेपालमै डीसीओको प्रशिक्षण दिन सकिने कमिटीको अध्यक्ष जीवनराम श्रेष्ठले बताएका छन् । उनले नेपाली खेलकुदमा एन्टी डोपिङ सम्बन्धी ज्ञानको महत्वमा जोड दिन आवश्यक रहेको उल्लेख गरे ।

प्रशिक्षक प्रशिक्षणका लागि नाडाबाट तीन जना विशेषज्ञ आएका छन् ।