images

अब पुलिस रिर्पोट अनलाईनबाटै प्रमाणीकरण हुने

काठमाडौं । आइतबारदेखि प्रहरी चारित्रिक प्रमाणपत्र (रिपोर्ट)लाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गरिने भएको छ ।

अहिलेसम्म नेपाल प्रहरीको बेवसाइटमा अनलाइनबाटै आवेदन लिएर प्रमाणपत्र जारी हुँदै आएको छ ।

अनलाई प्रमाणीकरण हुने भएपछि रिपोर्ट लिन सेवाग्राही स्वयं उपस्थित हुनु पर्ने बाध्यता अन्त्य हुने छ ।

राहदानी विभागमा देखिँदै आएको भीडभाड न्यून गर्न र सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि उपस्थित हुनुपर्ने बाध्यता हटाउन यो नियम लागु गर्न लागिएको हो ।