images

 चन्द्रयान–३ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश 

भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ । 

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले चन्द्रयान–३ चन्द्रमाको कक्षमा प्रवेश गरेको र चन्द्रमाको गुरुत्वाकर्षणको प्रभावमा जोडिएको जनाएको हो ।

चन्द्रमाको दक्षिणी भागमा अवतरण गराउने उद्धेश्यले पहिलो पटक पठाइएको चन्द्रयान–३ को अब गति घटाउँदै लगिने पनि इसरोले जनाएको छ । इसरोले यही अगष्ट २३ तारिख चन्द्रयान–३ लाई चन्द्रमाको सतहमा अवतरण गराउने लक्ष्य लिएको छ ।

इसरोले यस अघिको गल्ती नदोहोरिने भन्दै यान योजना अनुसार नै गईरहेको बताएको छ ।