images

नागढुङ्गा–नौविसे सुरुङमार्गको आज ‘ब्रेक थ्रू’ हुने

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्गको सहायक मार्गको आज ब्रेक थ्रु हुने भएको छ ।

२०७६ कात्तिक ४ गते शिलान्यास भएको सुरुङको ‘उद्धार सुरुङ’ खन्ने काम सकिन लागेको हो । सोमबार दिउँसो सरकारी अधिकारीहरुको उपस्थितिमा उद्धार सुरुङ छेड्ने तयारी गरिएको सुरुङमार्ग आयोजनाले जनाएको छ ।

२ दशमलव ६ किलोमिटर लम्बाइ रहेको नागढुंगा–नौबिसे सुरुङ मार्गको मूख्य सुरुङको काम भने अब पाँच सय मिटर खन्न बाँकी रहेको छ ।

सुरुङमार्ग सँगसँगै पृथ्वी राजमार्गको विस्तारको कार्य पनि अघि बढिरहेको छ ।