images

महिला विश्वकपमा आज प्रिक्वार्टरफाइनल चरणका दुई खेल हुँदै

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज प्रिक्वार्टरफाइनल चरणका दुई खेल हुँदैछन्।

अस्ट्रेलियाको मिल्टनस्थित सनकर्प स्टेडियममा दिउँसो सवा १ बजे सुरु हुने खेलमा इंग्ल्यान्ड र नाइजेरिया भिड्दैछन्।

समूह चरणमा डेनमार्क, चीन र हाइटीलाई हराउँदै युरोकप च्याम्पियन इंग्ल्यान्ड समूह ‘डी’ को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो। नाइजेरिया समूह ‘बी’ को उपविजेताको रुपमा प्रिक्वार्टरफाइनलमा पुगेको हो।

यस्तै सिड्नी ओलम्पिक पार्कमा सवा ४ बजे सुरु हुने खेलमा आयोजक अस्ट्रेलियाले डेनमार्कको सामना गर्ने छ।

घरेलु टोली अस्ट्रेलियाले नाइजेरिया, क्यानडा र आयरल्यान्डलाई पछि पार्दै समूह ‘बी’ को विजेताका रूपमा नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको थियो। डेनमार्क समूह ‘डी’ को उपविजेताको रूपमा नकआउट चरणमा छनोट भएको थियो।