images

पाँच वर्षसम्म सार्वजनिक पदमा बस्न नपाउने गरी पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खानको सांसद पद खारेज

एजेन्सी । पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानलाई पाँच वर्षसम्मका लागि सार्वजनिक पदमा बस्न रोक लगाइएको छ ।

पाकिस्तानको निर्वाचन आयोगले आगामी पाँच वर्षसम्म कुनै पदमा रहन नपाउने गरी रोक लगाएपछी उनको सांसद पद पनि खारेज भएको छ । साथै उनले आसन्न चुनाव लड्न पनि नपाउने हुनुभएको छ ।

भ्रष्टाचारको आरोपमा ३ वर्षको जेल सजाय पाएका खानले आफूमाथि राजनैतिक प्रेरित षडयन्त्र भएको आरोप लगाइरहेकै बेला सांसद पदबाट पनि बर्खास्त गरिएको हो ।

सन् २०१८ मा राजनितीमा प्रवेश गरेका ७० वर्षीय खानलाई पदमा रहँदा विदेशीले दिएको उपहार बिक्री गरी रकम हिनामिना गरेको आरोपमा ३ वर्षको जेल सजायँ तोकेपछी जेल चलान गरिएको हो ।

अदालतको उक्त आदेशलाई चुनौती दिँदै खानका कानून व्यवसायीहरूले उच्च अदालतमा पुनरावेदन दायर गरेका छन् जसको सुनुवाई बुधबार हुने भएको छ । गत वर्षको अप्रिलमा सदनमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पटबाट हटेका खानमाथि दुई सयभन्दा बढी मुद्दा लगाइएको छ ।

हाल खानलाई पञ्जाब प्रान्तको एटक शहरमा रहेको कारागारमा राखिएको छ ।