images

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी भए निवेदन आह्वान गरिएको छ ।

संघीय संसदको संसदीय सुनुवाइ समितिले समितिले आज एक सूचना जारी गरी संवैधानिक परिषदबाट सर्वोच्चको प्रधानन्यायाधीशका लागि सिफारिस श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको हो । संवैधानिक परिषद्ले साउन १८ गते श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेदेखि सेवा निवृत्त भएपछि श्रेष्ठ साउन २१ देखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् ।