images

नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै पूर्वसभामुख सापकोटा

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आज देखि नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

केन्द्रीय कमिटीको बैठकसँगै पार्टी प्रवक्ताको जिम्मेवारीमा पुगेका सापकोटाले आजबाट जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

आज दिउँसो १ बजे सापकोटाले पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकारसँग भेटघाट कार्यक्रम आयोजना गरेका छन् । यसअघि प्रवक्ताको जिम्मेवारीमा उपाध्यक्ष कृष्णबहादुर महरा थिए ।