images

एक महिनापछि आज गण्डकी प्रदेशसभाको बैठक बस्दै

काठमाडौं । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो बस्दैछ। बैठक आज दिउँसो १ बजे बोलाइएको छ।

एक महिनापछि पछि प्रदेशसभा बैठक बस्न लागेको हो। असार २२ गते चालु आर्थिक वर्षको बजेट पास भएसँगै प्रदेशसभा स्थगित भएको थियो। बैठकको शून्य र विशेष समयमा प्रदेशसभा सदस्यले आफ्नो भनाइ राख्नेछन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्बोधन गर्नेछन्।

आजै मिनी संसद अर्थात संसदीय समितिको टुंगो लगाएर संसदमा जानकारी गराउने भनिएको छ। तर, दलहरूबीच भागबन्डा नमिल्दा रोकिन सक्ने संसद सचिवालय स्रोतले बताएको छ ।

गण्डकी प्रदेशसभाका सदस्यले पुस १४ गते पद तथा गोपनीयताको सपथ लिएका थिए। भागबन्डा नमिल्दा संसद सुरु भएको ७ महिनासम्म पनि संसदीय समिति गठन हुन सकेको छैन।