images

महिला विश्वकप : क्वाटरफाइनल खेल शुक्रबारदेखि हुने

काठमाडौं । नवौँ संस्करणको फिफा महिला विश्वकप फुटबलका क्वाटरफाइनल खेल शुक्रबारदेखि हुनेछन् ।

क्वाटरफाइल समीकरण पूरा भएसँगै अन्तिम आठका खेल शुक्रबारदेखि हुन लागेको हो ।

अन्तिम १६ को खेलमा फ्रान्स र कोलम्बिया क्वाटरफाइनल प्रवेश गरेसँगै अन्तिम ८ का टोलीको टुंगो लागेको हो ।

क्वाटरफाइनलको पहिलो खेलमा शुक्रवार बिहान पौने ७ बजे स्पेन र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने छ । यस्तै सोही दिन दिउँसो सवा १ बजे जापान र स्विडेन खेल्नेछन् ।

यस्तै शनिवार दिउँसो पौने १ बजे अस्ट्रेलिया र फ्रान्स तथा अपराह्न सवा ४ बजे इङ्ग्ल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ ।

३२ राष्ट्र सहभागि विश्वकपको फाइनल खेल अगस्ट २० मा अष्ट्रेलियामा हुनेछ ।