images

पोखरामा २४ तोला सुनसहित एक महिला पक्राउ

काठमाडौं । पोखरामा करिब २४ तोला सुनसहित एक महिला पक्राउ परेकी छन् ।

झापा बिर्तामोड नगरपालिका– १ घर भएर हाल काठमाडौं जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट छातीमा सेतो टेपले बेरेर भित्री बस्त्रमा लुकाएको अवस्थामा सुनजस्तो देखिने पहेँलो बिस्कुट आकारको धातु र औँठी बरामद भएको हो । बरामद सुनको अन्दाजी तौल २४ तोला रहेको बताइएको छ ।