
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ ।
छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घट्दै १ लाख ११ हजार १ सय रुपैयाँमा झरेको हो । अघिल्लो दिन सुन प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।