images

अमेरिकाको हवाई राज्यमा लागेको डढेलोका कारण ज्यान गुमाउनेको सङ्ख्या ६७ पुग्यो

एजेन्सी । अमेरिकाको हवाई राज्यमा डढेलोका कारण ज्यान गुमाउनेको सङ्ख्या ६७ पुगेको छ ।

स्थानीय अधिकारीहरुका अनुसार खोजी तथा उद्धार कार्य जारी रहेकोले मृतकको संख्या अझै बढ्नसक्छ । प्रशान्त महासागरको हवाई टापुको जङ्गलमा लागेको डढेलो तिब्र गतिको आँधीको कारण माउई टापुको लहाइना शहरमा फैलिंदा ठूलो हताहती भएको हो ।

७ सय भवनहरू ध्वस्त भएका छन् भने ऐतिहासिक शहर लहैनाको ८० प्रतिशत भाग जलेर नष्ट भएको छ डढेलोलाई डोरा तुफानबाट उत्पन्न भएको तेज हावाले तिव्र गतिमा फैलाउँदा सर्वसाधारणहरुले भाग्ने मौका समेत पाएनन् । आगलागीपिडित हजारौ नागरिकलाई अस्थायी आश्रय शिविरमा सारिएको छ ।

। मंगलबारबाट सुरु भएको डढेलोमा उनीहरुले ज्यान गुमाएका हुन् । सयौं घाइते भएका छन् । त्यहाँ अरु केही मानिस हराइरहेका अनुमान गरिएको छ । हवाई राज्यलाई विपदग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

माउइ टापुसहित हवाईको ठूलो भू–भागमा भएको खडेरीका कारण पनि डढेलो लागेको हो । हवाई राज्यको इतिहासमा यो सबैभन्दा खराब प्राकृतिक प्रकोप मानिएको छ ।