images

भारत र वेस्ट इन्डिजबीचको चौथो टी–२० क्रिकेट आज हुँदै

काठमाडौं । भारत र वेस्ट इन्डिजबीचको चौथो टी–२० क्रिकेट आज हुँदैछ । यो खेल बेलुका सवा ८ बजे लाउडरहिलमा शुरु हुनेछ ।

पाँच खेलको टी–२० शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिज २–१ ले अगाडि छ । आजको खेल जितेमा वेस्ट इन्डिजले शृङ्खला जित्नेछ भने पराजित हुँदा शृङ्खला २–२ को बराबरी हुनेछ ।

शृङ्खला जोगाइराख्न भारतलाई जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिजले पहिलो खेल ४ रन र दोस्रो खेल दुई विकेटले जितेको थियो ।

तेस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । यी दुई देशबीचको पाँचौँ तथा अन्तिम टी–२० भोलि हुनेछ । यसअघि भएको तीन खेलको एकदिवसीय शृङ्खला पाहुना टोली भारतले २–१ ले जितेको थियो ।