images
images

१२औ दक्षिण एशियाली सेभेन–ए साइड फुटबल पोखरामा

पोखरा, २४ पुस । बाह्रौँ दक्षिण एशियाली सेभेन–ए साइड फुटबल प्रतियोगिता यही पुस २९ देखि माघ ४ गतेसम्म पोखरामा हुने भएको छ ।

नेपालसहित दक्षिण एशियाका भारत, बंगलादेश, माल्दिभ्स, भुटान, पाकिस्तानका खेलाडी सहभागी हुने सो प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक एवं नेपाल सेभेन–ए साइड फुटबल फेडरेसनका अध्यक्ष नवीन पुनले जानकारी दिए ।

उनका अनुसार पोखरा लेखनाथ महानगरपालिका–६, लेकसाइडस्थित बाराहीघाट खेल मैदानमा हुने प्रतियोगिता प्रभू बैंकको नामबाट गर्न लागिएको हो ।

प्रतियोगितामा प्रथम र द्धितीय हुने टोलीलाई क्रमशः दुई हजार र एक हजार अमेरिकी डलर पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताबाट १९ लाख ५० हजार आम्दानी तथा रु १८ लाख ५० हजार खर्च भई बचत रकम यस खेलको विकासका लागि खर्चिने अध्यक्ष पुनले जानकारी दिए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरामा हुने यो प्रतियोगिताले यहाँको पर्यटनसँग खेललाई जोड्ने बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS