images

सिंचाई विभागमा ताला लगाउन पुगेका ४५ जना बढी निर्माण व्यवसायी पक्राउ

काठमाडौं । सिंचाई विभागमा ताला लगाउन पुगेका निर्माण व्यावसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल सहित ४५ जना बढी निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो ।

समयमा भुक्तानी नपाएको र भुक्तानीको म्याद थप गर्नुपर्ने लगायतका विभिन्न नौ बुँदे माग राखेर आन्दोलन गर्दै आएका निर्माण व्यवसायीहरु ललितपुरको जावलाखेलस्थित विभागमा तालाबन्दी गरेर धर्ना दिन पुगेका बेला नियन्त्रणमा लिएको हो ।

पक्राउ गरीएका निर्माण व्यवसायीलाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ।