images

आज र भोलि देशभर लगातारको वर्षा हुने, पसिदेर्खि मौसममा सुधार आउने

काठमाडौं । आज र भोलि देशैभर मौसम बदली हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले देशैभर वर्षा भइरहेको महाशाखाले जनाएको हो । आज र भोलि काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा लगातारजसो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको छ। लगातारको वर्षाले पहाडी भुभागमा चल्ने आन्तरिक उडान प्रभावित हुने सक्ने महाशाखाको अनुमान रहेको छ ।

त्यस्तै पश्चिमी क्षेत्रको नदीमा जलसतह बढ्न सक्ने र पहाडी भ–ुभागमा पहिरोको जोखिम रहेको भन्दै सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। ति क्षेत्रका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको माहाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

मंगलवारदेखि भने मौसममा क्रमश सुधार आउने महाशाखाले जनाएको छ।