images
images

भन्सारमा जे छुँदा पनि सुन नै निस्किन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा दैनिक सय किलो अवैध सुन भित्रिरहेको बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले दिनकै सय किलो सुन विभिन्न भन्सारबाट अवैध तरिकाले नेपाल भित्रिरहेको दाबि गरेका हुन्। साथै उनले सरकारले सुन प्रकणमा गहिरो गरी छानबिन गर्न नचाहेको आरोप समेत लगाए ।

आइतबारको पत्रकार सम्मेलनमा ओलीले एक क्विन्टल सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग समेत गरेका छन् ।

उनले अहिले भन्सारमा जे छुँदा पनि सुन नै निस्किने दाबी गरे। ‘ब्रेक सु छोयो सुन, सिगरेट छोयो सुन, एउटा मोटर ल्यायो सुन, एउटा आइटम सुन अर्को आइटम सुन, जे ल्याउँदा नि सुन,’ उनले भने।

कैयौं भन्सारमा चेकजाँच नै नहुने उनले बताए। त्यसकारण कम राजश्व उठेको उनले बताए। ‘अरू नाकाहरू चेक नै भएको छैन। राजश्व किन उठ्दैन, किनभने भन्सारबाट कारोबार नै हुँदैन,’ उनले भने।

यी सबै कुरामा सरकारको संलग्नता के छ राम्ररी हेर्न र छानबिनका लागि एमालेले समिति बनाउन माग गरेको तर, सरकार पहिल्यै डराएको ओलीले बताए।

‘संलग्नता छैन भने छानबिनले पुष्टि गर्छ। सरकार पहिल्यै किन तर्सेको भन्दै उनले प्रश्न गरे ।

त्यसैगरि अध्यक्ष ओलीले सुनिल शर्माको सटिर्फिकेट अहिले किन छानबिन गर्नुपरेको भन्दै प्रश्न उठाए ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS